Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै
विज्ञापन
Advertisement

काठमाडौं।काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो ।

अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो ।

वरिष्ठ इञ्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ । यसमाथि घाँस रोपिनेछ । चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी सङ््कलन पिट हुनेछ । यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा कामपाको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit