काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको मुख्य आधारस्तम्भको रूपमा चित्रण गर्दै यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । सञ्चारमाध्यम केवल सूचनाको संवाहक मात्र नभई राज्य, प्रशासन र निजी क्षेत्रलाई समेत जिम्मेवार बनाउने संस्था भएकाले स्वतन्त्रतासँगै प्रेस गजतले उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ छ ।
वर्तमान समयमा गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोग ठुलो चुनौती बनेको बताउँदै उनले सत्य र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औँल्याएका छन् । ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ मन्त्री तिमिल्सिनाले जारी सन्देशमा उल्लेख गरेका छन् ।
नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको पनि मन्त्री तिमिल्सिनाले स्पष्ट पारेका छन् । ‘शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ आज यस दिवस मनाइँदै छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्