Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

उद्योगीलाई काम गर्ने वातावरण दिन्छौँ, राज्यप्रति गैरजिम्मेवार हुनेलाई छोड्दैनौं : सभापति अन्सारी

उद्योगीलाई काम गर्ने वातावरण दिन्छौँ, राज्यप्रति गैरजिम्मेवार हुनेलाई छोड्दैनौं : सभापति अन्सारी
विज्ञापन
Advertisement

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले संसदीय समितिको परम्परागत कार्यशैलीलाई पूर्णतः परिवर्तन गर्ने उद्घोष गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्सारीले समितिले तयार पारेका प्रतिवेदनहरू मन्त्रालयका दराजमा थन्किने विगतको अवस्थालाई अन्त्य गरी नतिजामुखी काम गर्ने बताएका हुन् । उनले भने, ‘प्रतिवेदन बन्ने तर मन्त्रालयमा गएर थन्किने अवस्था थियो । यसपटक प्रधानमन्त्री, सम्बन्धित मन्त्री र समितिको नेतृत्व एउटै दलबाट भएकाले समन्वय सहज हुने अपेक्षा गरेका छौँ ।’

यस्तै, उनले प्रभावशाली समूह, बिचौलिया र उद्योगी व्यवसायीको प्रभावमा समितिले निर्णय गर्ने गरेको आरोप लाग्दै आएको स्मरण गर्दै अब समितिले कुनै व्यक्ति वा समूह विशेषको स्वार्थभन्दा माथि उठेर काम गर्ने बताए । ‘कुनै उद्योगपति भेट्न आउनुहुन्छ भने उहाँको समस्या सुन्ने संयन्त्र हाम्रोमा हुनेछ । तर व्यक्तिगत स्वार्थ नभइ, समग्र उद्योग क्षेत्रका समस्या, नीतिगत कमजोरी र पोलिसी ग्याप के छन् भन्ने हेर्छौँ,’ उनले भने।

समितिको प्राथमिकता दबाब समुहको स्वार्थ पूरा गराउन नभई आम भुइँमान्छे र श्रमिकका मुद्दाहरू पर्ने सभापति अन्सारीको दाबी छ । उनले भने, ‘म कुनै अमुक उद्योगपति वा दलको स्वार्थमा काम गर्दिनँ । मेरा लागि आम भुइँमान्छेको समस्या प्राथमिकतामा छ। उद्योगी व्यवसायीलाई काम गर्ने राम्रो वातावरण दिइनेछ, तर राज्यप्रति गैरजिम्मेवार हुनेलाई छुट हुने छैन’ उनले भने, ‘हामीले भुइँमान्छेलाई सबैभन्दा बढी प्राथमिकतामा राखेका छौँ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit