Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ मा चुनावी सरगर्मी: हेमराज ढकालको उम्मेदवारी घोषणा, यस्तो छ प्यानल

नेपाल उद्योग वाणिज्य महासंघ मा चुनावी सरगर्मी: हेमराज ढकालको उम्मेदवारी घोषणा, यस्तो छ प्यानल
विज्ञापन
Advertisement

काठमाडौं। निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था  (नेपाल उद्योग वाणिज्य महासंघ) मा चुनावी दौड औपचारिक रूपमा सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

महासंघको ६०औँ वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि विभिन्न समूहले उम्मेदवारी घोषणा गर्न थालेका छन्।

आगामी चैत २८ र २९ गते हुने साधारणसभासँगै नयाँ नेतृत्व चयन हुनेछ। विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि निर्वाचन हुनेछ।

यही सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले निजी क्षेत्रलाई विभाजित नभई एकजुट बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
ढकालले वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै बजार चलायमान बनाउन र युवालाई स्वदेशमै अवसर सिर्जना गरेर रोक्न नयाँ कार्यसमितिले विशेष पहल गर्ने बताए। “अहिले बजार चलायमान छैन, युवाहरू विदेशिने क्रम बढ्दो छ। हामी युवालाई स्वदेशमै रोक्ने र आर्थिक गतिविधि बढाउनेतर्फ केन्द्रित हुनेछौँ,” उनले भने। निजी क्षेत्रका गुनासाहरूलाई सम्बोधन गर्दै आर्थिक स्थायित्वका लागि ठोस पहल गर्ने उनले प्रतिबद्धता जनाए।
यस्तो छ ढकालको प्यानल ?
एसोसिएट उपाध्यक्ष: ज्योत्सना श्रेष्ठ
जिल्ला–नगर उपाध्यक्ष: उमेश डालमिया
जिल्ला–नगर उपाध्यक्ष: कल्पना गैरे
वस्तुगत उपाध्यक्ष: नरेशलाल श्रेष्ठ
उपाध्यक्ष (प्रस्तावित महिला): कमला श्रेष्ठ

उम्मेदवारी घोषणामा कसले के भने?

हालकै एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पुनः सोही पदमा उम्मेदवारी दिँदै आफूले सुरु गरेका कामहरू पूर्ण गर्न चाहेको बताइन्। “मैले बोलेर मात्र होइन, काम गरेर देखाएको छु। निजी क्षेत्रको वास्तविक पीडा नजिकबाट महसुस गरेको छु। त्यो पीडा कम गर्न पहल गर्नेछु,” उनले भनिन्।
जिल्ला–नगर उपाध्यक्षमा उम्मेदवारी दिएका उमेश डालमियाले २०५१ सालदेखि विभिन्न व्यवसायिक गतिविधिमा सक्रिय रहेको अनुभव उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर जिल्ला–नगरका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। “जिल्ला–नगरमा धेरै समस्या छन्। ती समस्या सरकारसमक्ष राखेर नीति निर्माणमा काम गर्नेछु,” उनले बताए।

उक्त पदमै उम्मेदवारी घोषणा गरेकी कल्पना गैरेले दर्ता, नवीकरण, भन्सारलगायतका प्रक्रियागत झन्झट समाधान गर्न पहल गर्ने बताइन्। “साना उद्योगीहरू टिक्नै नसक्ने अवस्थामा छन्। उनीहरूको हितमा काम कम भएको छ। म उनीहरूकै आवाज बनेर काम गर्न चाहन्छु,” उनले भनिन्। साथै उनले क्षमता र योग्यता आधारमा मतदान गर्न आग्रह गरिन्।

वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले निजी क्षेत्र पक्ष–विपक्षमा विभाजित नभई एकजुट हुनुपर्ने धारणा राखे। “हामी सबै निजी क्षेत्रको हितका लागि हो। एकजुट भएर काम गर्नुपर्छ,” उनले बताए।

उपाध्यक्ष (प्रस्तावित महिला) पदमा उम्मेदवारी दिएकी कमला श्रेष्ठले चार दशकदेखि सौन्दर्य व्यवसायमा सक्रिय अनुभव सुनाउँदै महिला उद्यमीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “महिला सहभागिता अझै पनि कम छ।

महिला उद्यमीलाई कर छुट, सहुलियतपूर्ण ऋण र ग्रामीण महिलालाई विशेष प्राथमिकता दिलाउन पहल गर्नेछु,” उनले भनिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit