Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा महासंघ अध्यक्ष ढकालले के भने ?

११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा महासंघ अध्यक्ष ढकालले के भने ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

स्वीट्जरल्याण्डको जिनेभामा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधारहरु प्रस्तुत गरेका थिए। सम्मेलनका क्रममा रोजगारदाताहरुको तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरकाबारे विश्व समुदायलाई जानकारी गराएका हुन् ।

सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधिहरु सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसंगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।

महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्वद्ध कानुनमा परिमार्जन गरिएको र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीहरुमा आग्रह गरे ।

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत चीन लगायतका मुलुकमा नेपाली उत्पादनको भन्सार रहीत सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।’ उनले भने नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरु रहेको बताए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रसंशा भएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गरे।

औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोच सहित काम गरेकोमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रसंशा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए । यस्तै अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभएपनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।

सम्मेलनमा अध्यक्ष ढकालले महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक बृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुका साथै लगानीकर्ताहरूलाई सहयोग गर्न महासंघले एफडीआई सहायता डेस्क स्थापना गरेको समेत जानकारी दिए । यस्तै उनले कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताए । अध्यक्ष ढकालले महासंघ नेपाल र विश्वको लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको समेत बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit