Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो, मुद्रास्फीति ४.४७ प्रतिशत

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो, मुद्रास्फीति ४.४७ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४७ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैर—खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुदास्फीति २.३९ प्रतिशत रहेको पनि राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५७ प्रतिशत रहेको थियो ।

गत चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८७, फलफूलको ११.६७, तरकारीको ९.१८ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई ७८, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ र मरमसलाको एक दशमलव ६४ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९४, यातायातको १२.०३, शिक्षाको ७.४६, मदिराजन्य पेय पदार्थको ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ । त्यस्तै, गत चैतमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७४ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८, मधेशको ४.९१, बागमतीको ४.२०, गण्डकीको ३.८५, लुम्बिनीको ५.१५, कर्णालीको ३.८२ र सुदूरपश्चिम प्रदेशको ३.३९ प्रतिशत रहेको छ । त्यस्तै गत काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६९, तराईको ४.८३, पहाडको ४.१८ र हिमालको ३.२० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit