Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जनकपुरमा अथरको नयाँ एक्सपिरियन्स सेन्टर, नेपालमा स्मार्ट ईभी मोबिलिटी विस्तारमा जोड

जनकपुरमा अथरको नयाँ एक्सपिरियन्स सेन्टर, नेपालमा स्मार्ट ईभी मोबिलिटी विस्तारमा जोड
विज्ञापन
Advertisement

जनकपुर । अथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लिले जनकपुरमा नयाँ ‘अथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

जनकपुरको मिल्स एरियामा रहेको नयाँ एक्सपिरियन्स सेन्टर २८ वैशाख २०८३ मा औपचारिक रूपमा उद्घाटन गरिएको हो। नीतिन ट्रेड लिंकको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त सेन्टरमार्फत कम्पनीले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार जनकपुर शाखासहित अब अथर नेपालका देशभर १० वटा एक्सपिरियन्स सेन्टर पुगेका छन्। काठमाडौं उपत्यकाभित्र पाँच शाखा सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी र बुटवलमा पनि कम्पनीको उपस्थिति रहेको छ। साथै, ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन देशभर नौ वटा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्।

अथरले नेपालमा विद्युतीय दुईपाङ्ग्रे क्षेत्रमा आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।

नयाँ एक्सपिरियन्स सेन्टरमा कम्पनीका सम्पूर्ण उत्पादन श्रृंखला प्रदर्शन गरिनेछ। यसअन्तर्गत प्रदर्शनमुखी अथर ४५० सिरिज तथा पारिवारिक प्रयोगलाई लक्षित अथर रिज्ता मुख्य आकर्षणका रूपमा रहेका छन्।

कम्पनीका अनुसार अथर ४५० सिरिजमा तीव्र एक्सेलेरेसन, गुगल म्यापमा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ्टी प्रणाली, रिभर्स मोड, विभिन्न राइड मोड तथा टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्।

त्यसैगरी, अथर रिज्ता लाई पारिवारिक तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसमा फराकिलो सिट, ठूलो स्टोरेज क्षमता, ट्र्याक्सन कन्ट्रोल, टो तथा चोरीसम्बन्धी अलर्ट, ड्यासबोर्डमा ह्वाट्सएप सूचना तथा आरामदायी संरचना जस्ता सुविधा समावेश छन्।

जनकपुरस्थित नयाँ सेन्टरमा ग्राहकहरूले स्कुटरहरूको प्रत्यक्ष अवलोकन, प्रोडक्ट डेमो, टेस्ट राइड, फाइनान्स तथा एक्सचेन्ज सुविधा सम्बन्धी जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। साथै, ईभी स्वामित्व र चार्जिङ सम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुनेछ।

अथर इनर्जी ले नेपालभर आफ्नो फास्ट–चार्जिङ नेटवर्क पनि विस्तार गरिरहेको जनाएको छ। हाल कम्पनीको ४० भन्दा बढी ‘Ather Grid’ फास्ट चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्, जसले प्रमुख शहर तथा राजमार्गहरूमा चार्जिङ सुविधा उपलब्ध गराइरहेका छन्।

कम्पनीले जनकपुर शाखाको उद्घाटन अवसरमा ४ जेठ २०८३ सम्म लागू हुने विशेष अफर पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेन्ज मूल्याङ्कन सुविधा प्राप्त गर्न सक्नेछन्।

Vaidya Energy ले नवीन प्रविधि, ग्राहक–केन्द्रित सेवा तथा दिगो यातायात समाधानमार्फत नेपालमा विद्युतीय मोबिलिटीलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit