Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

८३ हजार आवेदकले पाए भुजुङ हाइड्रोपावरको शेयर

८३ हजार आवेदकले पाए भुजुङ हाइड्रोपावरको शेयर
विज्ञापन
Advertisement

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ।

विज्ञापन
Advertisement
Advertisement

भुजुङको शेयर बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका हुन्। जसमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

कम्पनीका अनुसार आवेदन परेको मध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ । यस्तै, ४० हजार २८ आवेदन रद्द भएको छ। कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit