Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चिनियाँ जासुसीको डरमा ट्रम्प टोलीले चीनले दिएका उपहार विमानस्थलकै डस्टबिनमा फ्याँके

चिनियाँ जासुसीको डरमा ट्रम्प टोलीले चीनले दिएका उपहार विमानस्थलकै डस्टबिनमा फ्याँके
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा एउटा अनौठो दृश्य देखियो, जसले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

भ्रमण सकेर स्वदेश फर्कने क्रममा अमेरिकी प्रतिनिधिमण्डलले चीनबाट प्राप्त गरेका सम्पूर्ण उपहार र स्मृति चिन्हहरू विमानस्थलकै डस्टबिनमा फ्याँकिदिएका छन्।

मे १५ मा ट्रम्प र उनको टोली ‘एयर फोर्स वन’ मा चढ्नुअघि ह्वाइट हाउसका सुरक्षा अधिकारी र सेक्रेट सर्भिसले कडा निर्देशन जारी गरेका थिए। जसअनुसार चीनले दिएका कुनै पनि सामान विमानभित्र लैजान निषेध गरिएको थियो। भ्रमणमा रहेका अमेरिकी उच्च अधिकारी सँगै राष्ट्रपति ट्रम्पले पनि डस्टबिनमा सामान खसाल्दै गरेको फोटोमा देखिन्छ ।

न्युयोर्क पोस्टकी ह्वाइट हाउस संवाददाता एमिली गुडिनका अनुसार चिनियाँ अधिकारीहरूले दिएका बर्नर फोन, ल्यापल ब्याच, प्रेस निमन्त्रणा कार्ड, क्रेडेंशियल र अन्य उपहारहरू चिनियाँ जासुसी हुने सम्भावित डरका कारण फ्याँकिएको थियो ।

दुई दिने भ्रमणबाट केही सीमित सम्झौता बाहेक ट्रम्प टोली भौतिक रूपमा ‘खाली हात’ स्वदेश फर्किएको छ। बेइजिङ विमानस्थलमै सार्वजनिक रूपमा सबै सामान डस्टबिनमा फ्याँकिएको दृश्यले भने कुटनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit