Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

मेरा पिकको शिखरमा राजीव जैन

मेरा पिकको शिखरमा राजीव जैन
विज्ञापन
Advertisement

काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध मेरा पिकको सफलतापूर्वक आरोहण गरेका छन्

विज्ञापन
Advertisement
Advertisement

५० वर्षीय जैनले ६ हजार ४७६ मिटरको उक्त पिकको आरोहण गरेका हुन् । जैनले वैशाख २० गते काठमाडौंबाट यात्रा सुरु गरेर दुर्गम पदमार्ग, हिमनदी र कठिन उच्च हिमाली भूभाग पार गर्दै त्यसको ११ औँ दिनमा सफल आरोहण गरेका हुन् ।

विश्वका चर्चित ‘ट्रेकिङ पिक’ मध्ये एक मानिने मेरा पिकबाट विश्वका आठ हजार मिटरभन्दा अग्ला पाँच हिमालमध्ये सगरमाथा, ल्होत्से, मकालु र छो ओयूको दृश्यावलोकन गर्न सकिन्छ ।

जैनको यो आरोहणले मेरा पिकलाई स्वदेशी तथा विदेशी पर्यटकमाझ एक उत्कृष्ट गन्तव्यको रूपमा थप प्रवर्द्धन गर्न मद्दत पुर्‍याएको उनको बुझाइ छ । यस्तै, उनले स्वास्थ्य र जीवनशैली अपनाए ५० वर्षको उमेरमा पनि उच्च हिमाली चुनौती पार गर्न सकिन्छ भन्ने प्रेरणा दिएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit