Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

हेटौंडामा बजार अनुगमन तीव्र, मूल्यसूची नराख्ने व्यवसायी निगरानीमा

हेटौंडामा बजार अनुगमन तीव्र, मूल्यसूची नराख्ने व्यवसायी निगरानीमा
विज्ञापन
Advertisement

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ । अनुगमन टोलीले विभिन्न व्यापारिक प्रतिष्ठानमा पुगेर उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद तथा कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कतिपय व्यवसायीले अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची प्रदर्शन नगरेको, उपभोक्तालाई वस्तुको मूल्य र विवरण स्पष्ट रूपमा उपलब्ध नगराएको तथा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नगरेको भेटिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै कानुन विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् । उनले व्यवसायीलाई नियमको पूर्ण पालना गर्न तथा पारदर्शी रूपमा व्यापार सञ्चालन गर्न आग्रह समेत गरे ।

अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई कुनै पनि किसिमको कालोबजारी, मूल्यमा मनपरी, गुणस्तरहीन वस्तुको बिक्री–वितरण वा अन्य अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। प्रशासनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन आगामी दिनमा पनि नियमित अनुगमन जारी रहने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit