Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सात करोड बजेटमा जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

सात करोड बजेटमा जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु
विज्ञापन
Advertisement

मुस्ताङ ।  कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति सुरु गरेको छ । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत पर्ने नौ किलोमिटर सडकखण्ड करिब सात करोड रूपैयाँ लागतमा स्तरोन्नति गर्न थालिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना कार्यालयका अनुसार वर्षा, पहिरो तथा संरक्षण संरचनाको अभावका कारण सडकका विभिन्न भागमा क्षति पुगेपछि स्तरोन्नति कार्य अघि बढाइएको हो । गत वर्ष साउनमा केही स्थानमा सडक भाँसिएको थियो भने ड्रेन र संरक्षण संरचना नहुँदा थप क्षति पुगेको बताइएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन स्तरोन्नति सुरु गरिएको हो । उक्त सडक स्तरोन्नतिको ठेक्का कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले पाएको छ ।

निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाका अनुसार वैशाखमा ठेक्का सम्झौता भएको यो योजना जेठको पहिलो सातादेखि कार्यान्वयनमा आएको हो । चार महिनाभित्र अर्थात् भदौ १५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजना अन्तर्गत सडकमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट र ९०० घनमिटर आरसिसी ढलान निर्माण गरिनेछ । साथै क्षति भएका क्षेत्रमा सडक संरक्षण, ड्रेन निर्माण तथा प्रोटेक्सन वाल लगाउने काम पनि गरिने आयोजना कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit