Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘डाबर हनी’ गुणस्तरहीन भेटिएपछि बिक्री रोक्न आदेश

‘डाबर हनी’ गुणस्तरहीन भेटिएपछि बिक्री रोक्न आदेश
विज्ञापन
Advertisement

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि.द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त मह न्यूनस्तरको भेटिएपछि विभागले यस्तो आदेश जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विभागका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा. लि.बाट उत्पादन भएको ब्याच नम्बर एबी ००४७७ को मह गुणस्तरहीन प्रमाणित भएको छ । उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ रहेको छ भने उपभोग्य अवधि १८ महिना तोकिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार प्रयोगशाला परीक्षणपछि उक्त ब्याचका सम्पूर्ण मह बजारबाट तत्काल फिर्ता गर्न विभागले निर्देशन दिएको हो । साथै सोही ब्याचको उत्पादन बिक्री वितरण नगर्न वा नगराउन पनि कम्पनीलाई कडा निर्देशन दिइएको विभागले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit