Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नयाँ कार्यविधिअनुसार उपकुलपति छनोट प्रक्रिया सुरु

नयाँ कार्यविधिअनुसार उपकुलपति छनोट प्रक्रिया सुरु
विज्ञापन
Advertisement

काठमाडौं ।  विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि परेका २१८ आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले गत वैशाख २५ गते इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८, राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११ आवेदन परेको छ ।

छनोट समितिले आवेदनसँग सम्बन्धित कागजातको अध्ययन तथा छानबिन गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गर्ने तयारी गरेको जनाएको छ । त्यसपछि मात्रै औपचारिक छनोट प्रक्रिया अघि बढाइनेछ ।

गत वैशाख २४ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशपछि विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका थिए ।

उपकुलपति छनोट समितिमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल तथा सम्बन्धित विश्वविद्यालयका विज्ञ सदस्य रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit