काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक परीक्षा (एसईई)को परीक्षा फल सार्वजनिक गरेको छ । २०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी पास भएको बोर्डले जानकारी दिए ।
यस वर्ष कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा ‘एनजी’ आएको छ। यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको छ।
सार्वजनिक नतिजाअनुसार जिपिए १.६० देखि २.०० भन्दा कम ल्याउने विद्यार्थी संख्या ७ रहेको छ। त्यस्तै जिपिए २.०० देखि २.४० भन्दा कम ल्याउने ५ हजार १९०, जिपिए २.४० देखि २.८० भन्दा कम ल्याउने ५५ हजार ९७७ तथा २.८० देखि ३.२० भन्दा कम ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन्।
यस्तै जिपिए ३.२० देखि ३.६० भन्दा कम ल्याउने विद्यार्थी संख्या ८० हजार ३७२ रहेको छ भने जिपिए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने ४८ हजार ३९२ विद्यार्थी रहेका छन्। नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी जिपिए २.८० देखि ३.२० समूहमा रहेका छन्।
परीक्षा सम्पन्न भएको एक महिनाभित्रै बोर्डले शिक्षा मन्त्रालयको निर्देशनपछि नतिजा सार्वजनिक गरेको हो ।

















प्रतिक्रिया दिनुहोस्