Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नियमविपरीत ‘डाक्टर’ लेख्नेहरूलाई १५ दिनभित्र हटाउन मेडिकल काउन्सिलको निर्देशन

नियमविपरीत ‘डाक्टर’ लेख्नेहरूलाई १५ दिनभित्र हटाउन मेडिकल काउन्सिलको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत रूपमा नामअगाडि ‘डाक्टर’ (डा) शब्द प्रयोग गर्ने व्यक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनअनुसार चिकित्सक उपाधि प्राप्त गरेकाबाहेक अन्य व्यक्तिले ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ । उनले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा अन्य व्यक्तिले नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले आधिकारिक कागजात, प्रेस्क्रिप्सन प्याड, क्लिनिकका साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट त्यस्ता शब्द तत्काल हटाउन आग्रह गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने तथा नामअगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ पद प्रयोग गर्ने कानुनी अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको जनाएको छ । काउन्सिलका अनुसार अन्य कुनै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा कानुनअनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

काउन्सिलले स्वदेश वा विदेशका विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त गरेकै आधारमा स्वतन्त्र चिकित्सीय अभ्यास गर्ने अनुमति स्वतः प्राप्त नहुने पनि स्पष्ट पारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit