Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेप्से ११ अंकले बढ्दा म्युचुअल फण्डका लगानीकर्ताले गुमाए

नेप्से ११ अंकले बढ्दा म्युचुअल फण्डका लगानीकर्ताले गुमाए
विज्ञापन
Advertisement

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ११.५३ अंकले बढेर २७ सय ५३.६४ विन्दुमा पुगेर बन्द भएको हो।

विज्ञापन
Advertisement
Advertisement

परिसूचकसँगै आज कारोबार रकम पनि केही बढेको छ। बिहीबार ३ अर्ब ८९ करोड रूपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार बढेर ४ अर्ब २७ करोड रूपैयाँ पुगेको छ। आज दिनभरिमा ३३६ वटा धितोपत्रको कुल १ करोड ३ लाख ४६ हजार ३७० कित्ता शेयर किनबेच भएका छन्। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।

यसदिन माबिलुङ इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको मूल्य सर्वाधिक १०.०६ प्रतिशतले बढेर प्रतिकित्ता ७६४ रूपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सुपर खुदी हाइड्रोपावरको मूल्य ७।०७ प्रतिशतले बढेर प्रतिकित्ता ९५२ रूपैयाँ ९० पैसा कायम भएको छ।

घट्ने कम्पनीहरूमा आज म्युचुअल फण्डहरूको प्रभुत्व रह्यो। सर्वाधिक मूल्य गुमाउनेमा ‘एनआइसी एसिया ब्यालेन्स्ड फण्ड’ रहेको छ, जसको इकाइ मूल्य २.५९ प्रतिशतले घटेर प्रतिइकाइ ९ रूपैयाँ ४० पैसा कायम भएको छ। दोस्रोमा ग्लोबल आइएमई सम्मुन्नत योजना–२ को मूल्य २.५१ प्रतिशतले घटेर प्रतिइकाइ ९ रूपैयाँ ३१ पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ७.२० प्रतिशतले मूल्य बढेर प्रतिकित्ता ३९८ रूपैयाँ २० पैसामा कुल ४१ करोड ९२ लाख रूपैयाँको सर्वाधिक कारोबार भएको छ । दोस्रो स्थानमा रहेको रिडी पावरको प्रतिकित्ता ३६८ रूपैयाँ ९० पैसामा २४ करोड २१ लाख रूपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ भने बाँकी १२ वटा समूहको परिसूचकमा वृद्धि हरियाली छाएको छ। जसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit