काठमाडौं । वैशाख महिनामा देशभरबाट लागुऔषध कारोबारमा संलग्न एक हजार ५६ जना पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्क अनुसार सो अवधिमा विभिन्न प्रकारका लागुऔषधसमेत ठूलो परिमाणमा बरामद गरिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट १७१ जना, कोशी प्रदेशबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना रहेका छन् । यस्तै, लागुऔषध नियन्त्रण ब्यूरोबाट मात्रै ४२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार वैशाख महिनामा अवैध लागुऔषध गाँजा एक हजार ८२० किलो, चरेस १९ किलो, हेरोइन चार किलो, अफिम सात किलो, कोकिन ३३ ग्राम तथा पोलेन ११ किलो बरामद गरिएको छ ।
यसैगरी, नियन्त्रित लागुऔषधअन्तर्गत डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मोलगायतका औषधि पनि ठूलो परिमाणमा बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्