Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुकुमवासी बस्ती हटेपछि बाढीजन्य जोखिम घट्ने महानगरको दाबी

सुकुमवासी बस्ती हटेपछि बाढीजन्य जोखिम घट्ने महानगरको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनाराका सुकुमवासी बस्ती हटाइएपछि यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा गरेको छ । कामपा–११, १४, ३१ र ३२ आसपासका नदी किनार क्षेत्रमा बसेका नागरिक हटाइएपछि बाढीजन्य जोखिम कम हुने महानगरको विश्वास छ ।

विज्ञापन
Advertisement
Advertisement

महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार विगतका वर्षमा नदी आसपासका क्षेत्रमा बाढीजन्य घटना बढी हुने गरेका थिए । ‘उक्त स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक–दुई स्थानमा छिट्फुट घटनाबाहेक नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास छ,’ उनले भने । उनका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको क्षेत्रमा भने अझै विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ । बर्खाको समयमा हुन सक्ने पानीजन्य अन्य जोखिम न्यूनीकरणका लागि महानगरले जोखिमयुक्त स्थान पहिचान गरी रणनीतिक योजना तयार गरेको उनले जानकारी दिए ।

महानगरले सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्का बेला आवश्यक व्यवस्थापन र विपद्पछिको पुनःस्थापनासम्बन्धी कामलाई योजनामा समेटेको जनाएको छ । वडा र समुदायस्तरमा क्षमता विकास, आन्तरिक तथा साझेदार निकायबीच समन्वय गर्ने विषयलाई पनि योजनामा प्राथमिकता दिइएको छ ।

जोशीका अनुसार सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण आवश्यक छ । सामूहिक ज्ञान, सीप र सोच विकासमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित रणनीतिक योजना बनाइएको उनले बताए । आगामी वर्षदेखि उक्त योजना कार्यान्वयनमा ल्याइने र त्यसअनुसार कार्यक्रम तथा बजेट प्रस्ताव गरिने तयारी रहेको छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी संयन्त्र, पालिका र वडास्तरीय समन्वय तथा प्रभावकारी सेवा सञ्चालनबारे पनि छलफल भइसकेको उनले जानकारी दिए । ‘वडास्तरीय विपद् व्यवस्थापनका लागि पूर्वाधार विकासजन्य जोखिमको पूर्वानुमान र केन्द्र तथा वडास्तरको क्षमता विकास गर्ने नीति आवश्यक छ,’ उनले भने ।

सहरको प्रमुख जोखिम आगलागी रहेको उल्लेख गर्दै जोशीले विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको बताए । ‘आगलागीको खबर आएको आधा मिनेटभित्र दमकल स्टेसनबाट निस्किने गरेका छन्, तर सडकमा अत्यधिक यातायात चापका कारण गन्तव्यमा पुग्न कठिन हुने गरेको छ,’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit