Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुने, पुलित्जर विजेता कविहरू आउँदै

काठमाडौंमा ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ हुने, पुलित्जर विजेता कविहरू आउँदै
विज्ञापन
Advertisement

काठमाडौं । दक्षिण एशियाकै एक प्रमुख साहित्यिक जमघट ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ को आगामी संस्करण आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली साहित्यका नक्षत्र गुरु प्रसाद मैनालीको सम्मानमा समर्पित यस आठदिने महोत्सव एनसेल फाउन्डेसनको सहकार्यमा हुन लागेको हो। यस वर्ष महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति र सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका आयोजक एवं विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यता र हिलिङको पुरानो माध्यमका रूपमा व्याख्या गर्दै यसले नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई विश्वमञ्चमा उजागर गर्ने बताए। त्यस्तै, एनसेलकी कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा गर्व लागेको बताइन्।

महोत्सवमा पुलित्जर पुरस्कार विजेता कविहरू ट्रेसी के.स्मिथ र पल मल्डुन, उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि टिना चाङ, मार्टिन डोयल, टोनी बार्नस्टोन लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड र अमेरिकाका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। नेपालबाट शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन, लक्ष्मी मालीलगायतका लेखकहरू प्रस्तुत हुनेछन्।

सप्ताहव्यापी कार्यक्रममा कविता, एआई र लेखन, डिजिटल युगमा साहित्यको भविष्य जस्ता विविध सत्रहरू, कार्यशालाहरू, सांस्कृतिक भ्रमण (काठमाडौं, पाटन, बौद्ध, नगरकोट) तथा कवितामा आधारित अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिनेछ। पत्रकार सम्मेलनका क्रमम कवितामा आधारित दुई फिल्मका ट्रेलरहरू प्रदर्शन गरिको थियो । आयरिश कवि तथा चिन्तक डोरेन नी घ्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज्’ र अस्ट्रियन कवि बोडो हेल बारेमा कारोला मायरले निर्देशक गरेको ‘वाइड अवेक’ प्रर्दशन भएका हुन् ।

त्यसैगरी, स्टीफन बुकासले बनाएको सन् २०१५ को नेपाल भूकम्प केन्द्रीत युयुत्सु शर्माको कवितामा आधारित फिल्म ‘आई सी माई वल्र्ड सेकिङ’ पनि प्रदर्शन गरिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit