Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किसानलाई दूधको रकम भुक्तानी तीव्र, दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने

किसानलाई दूधको रकम भुक्तानी तीव्र, दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने
विज्ञापन
Advertisement

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो चार महिनाकोे करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ ।

डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भइरहेको छ भने, सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको छ । बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्यभैरहेको छ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताइन् ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएकोछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit