Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
विज्ञापन
Advertisement

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार भएको छ। लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो।

विज्ञापन
Advertisement
Advertisement

वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । ‘विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ। अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ ।’

स्थानीय महेश्वरी कार्कीले विद्युत् विस्तारपछि घरायसी कामकाज सहज बनेको बताए । उनका अनुसार बत्ती बाल्न, खाना पकाउन उपकरण प्रयोग तथा बालबालिकाको पढाइमा सहज भएको भएको हो । ‘पहिले दियो तथा टुकी बत्तीको भर पर्नुपथ्र्यो, बिजुली आएपछि हाल धेरै सजिलो भएको छ । घरायसी काम र विशेष गरी बालबालिकाको पठनपाठनमा सहज भएको छ ।’

विद्युत् सेवा विस्तारसँगै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सहज भइरहेको स्थानीयवासी हेमराज कार्कीको भनाइ छ। कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ, कुटानीपिसानी मिल सञ्चालनजस्ता क्रियाकलापमा पनि यसले सहयोग पुगेको उनको भनाइ छ।

गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सेवाको प्रयोगमा वृद्धि भएको स्थानीय शम्भु राईले बताए । स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना तथा नियमित आपूर्तिका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit