Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

ट्रम्पको नयाँ ट्यारिफ नीतिले नेपालमा विदेशी लगानी वृद्धिको सम्भावनालाई बलियो बनाएको छ : अध्यक्ष ढकाल

ट्रम्पको नयाँ ट्यारिफ नीतिले नेपालमा विदेशी लगानी वृद्धिको सम्भावनालाई बलियो बनाएको छ : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिकाले विश्वभरका देशहरुमा लिएको नयाँ ट्यारिफ नीतिले नेपालका लागि विदेशी लगानी भित्र्याउने सम्भावनालाई बलियो बनाएको बताएका छन् । उनले अमेरिकी कर नीतिले विश्व अर्थतन्त्रमा हलचल देखिए पनि तुलनात्मक रुपमा नेपालका लागि तोकेको कम भन्सार शुल्कले लाभ लिन सक्ने संकेत गरेको धारणा राखे ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार काठमाडौंमा उद्घाटन भएको नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभामा स्वागत मन्तव्य राख्दै अध्यक्ष ढकालले अमेरिकी ट्यारिफले विश्व अर्थतन्त्रमा हलचल ल्याए पनि नेपालले तुलनात्मक रुपमा त्यसबाट फाइदा लिन सक्ने बताएका हुन् ।

उनले भने, ‘विश्वव्यापी रुपमा देखिएको नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको छ । अमेरिकाले जुन नयाँ ट्यारिफ दर ल्याएको छ तुलनात्मक रुपमा नेपालले धेरै नै फाइदा लिन सक्ने अवस्था देखिएको छ ।’ हामीकहाँ भएको रुग्ण उद्योगहरु लगायत, बाहिर निर्यात हुने वस्तुमा ट्याक्सको हिसावले फाइदा लिन सक्छौ । यसलाई हामीले प्राथमिकता दिनुपर्छ ।’

यस्तै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको कर नीतिले नेपालका लागि विदेशी लगानी भित्र्याउने सम्भावनालाई झन् बलियो बनाएको उल्लेख गर्दै त्यसको फाइदा सरकारले लिन सक्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले भने, ‘ नेपालका प्रतिस्पर्धीहरूको तुलनामा, अमेरिकाले नेपालको लागि धेरै कम भन्सार शुल्क तोकेको छ। यसले नेपालमा लगानी वृद्धिको सम्भावनालाई बलियो बनाएको छ। हामीले पनि यसको फाइदा उठाउनुपर्छ। हामी यो विषयमा अध्ययन गरिरहेका छौं।’

स्वदेशी लगानीकर्ताहरूको मनोबल बढाउन, वकालतसँगै, महासंघले आफ्नै पहलमा घरेलु पूँजी परिचालनका लागि प्रमुख निजी क्षेत्रका संस्थाहरूलाई समेटेर नेपाल विकास कम्पनी स्थापना गरेको उल्लेख गर्दै उनले त्यसले ठूला क्षेत्रहरूमा छरिएका साना पूँजीको लगानीको बाटो खोलेको बताए ।

ढकालले वर्तमान आर्थिक अवस्था उद्यमी व्यवसायीका लागि कठिन भए पनि अर्थतन्त्रलाई सबैभन्दा माथि प्राथमिकतामा राखेर काम गरे सहज हुनेमा जोड दिए । ‘हामी लचिलो छौं, हामी बुद्धिमान छौं, हामी उद्यमी हौं । हामीले केवल अर्थतन्त्रलाई सबैभन्दा माथि प्राथमिकता दिनु आवश्यक छ। कुनै पनि विचारधाराले यसलाई बाधा पुर्‍याउनु हुँदैन। व्यवसायीहरूलाई स्वतन्त्र रूपमा काम गर्न अनुमति दिनुपर्छ ’ ढकालले भने ।

राजनीतिक स्थिरता सम्भव नभए पनि आर्थिक मुद्दाहरूमा सबै राजनीतिक दलहरूबीच कम्तिमा साझा समझदारी बनाउन आवश्यक भएको धारणा ढकालको छ ।
उनले भने, ‘अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा अडान बनाउन सकिन्छ। पहिलो शर्त भनेको राजनीतिक नेतृत्वले निजी क्षेत्रको उद्यम र व्यवसाय र आम जनताको जीविकोपार्जनमा प्रतिकूल असर पार्ने कुनै पनि कार्यमा संलग्न हुनु हुँदैन।’

निजी क्षेत्रसँग वार्षिक १.६ ट्रिलियन रुपैयाँको पूँजी निर्माण गर्ने क्षमता रहेको बताएका अध्यक्ष ढकालले सरकारले केवल चार सय अर्ब लगानी गर्न सकेमात्र पनि दोहोरो अंकको आर्थिक वृद्धि सम्भव हुने दाबी गरे ।

ढकालले भने, ‘निजी क्षेत्रसँग वार्षिक १.६ ट्रिलियन रुपैयाँको पूँजी निर्माण गर्ने क्षमता छ । सरकारले केवल चार सय अर्ब लगानी गर्न पर्याप्त छ। दोहोरो अंकको वृद्धि सम्भव छ। कम्तिमा २ लाख मानिसहरूलाई वार्षिक रूपमा सम्मानजनक रोजगारी प्रदान गर्न सकिन्छ। यसको लागि पहिलो शर्त स्थायित्व हो।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit