Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण,तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्देशन

पूर्वाधारमन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण,तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्देशन
विज्ञापन
Advertisement

कास्की। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको निरीक्षण गर्दै तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार पुल निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री लम्सालले आयोजना प्रमुख, निर्माण कम्पनी, परामर्शदाता तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्दै पछिल्लो पटक थपिएको समयसीमाभित्र अर्थात् आगामी फागुन २१ गतेसम्म काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले निर्माण कार्यमा कुनै समस्या भए तत्काल जानकारी गराउन आग्रह गर्दै पूर्वाधार आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए। ‘काममा समस्या भए समाधानका लागि सरकार तयार छ, तर निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुनुपर्छ,’ उनले भने।

निरीक्षणका क्रममा मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले पुल निर्माणको हालसम्मको प्रगति र देखिएका चुनौतीबारे जानकारी गराएका थिए। उनका अनुसार आयोजनाको हालसम्म ६० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ। सडक पहुँचका लागि दुई घर हटाउनुपर्ने र त्यससम्बन्धी क्षतिपूर्ति टुंगो लगाउन समय लागेका कारण आयोजना केही ढिलाइ भएको बताइएको छ। तर क्षतिपूर्तिसम्बन्धी विषय समाधान भइसकेकाले अब निर्माण कार्यले गति लिने आयोजना पक्षको विश्वास छ।

२०७९ साउन २६ गतेदेखि निर्माण सुरु गरिएको सेती पुलको लागत एक अर्ब सात करोड रुपैयाँ रहेको छ। निरीक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल पनि सहभागी थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit