Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खोक्सिकमा १५ लाख लागतमा खेलमैदान स्तरोन्नतिको काम सुरु

खोक्सिकमा १५ लाख लागतमा खेलमैदान स्तरोन्नतिको काम सुरु
विज्ञापन
Advertisement

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकस्थित खेलमैदान स्तरोन्नतिको काम सुरु गरिएको छ। स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकास तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो।

विज्ञापन
Advertisement
Advertisement

वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त करिब १५ लाख रुपैयाँको लागतमा खेलमैदान स्तरोन्नतिको काम भइरहेको छ।

उनले युवा पुस्तालाई खेलकुद गतिविधिमा सहभागी गराउँदै स्थानीयस्तरमै विभिन्न खेल सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने लक्ष्यका साथ मैदानको स्तरोन्नति अघि बढाइएको बताए।

वडाध्यक्ष राईका अनुसार आगामी दिनमा थप बजेट व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका काम पनि चरणबद्ध रूपमा अघि बढाइनेछ।

खेलमैदान स्तरोन्नति सम्पन्न भएपछि फुटबल, भलिबललगायत विभिन्न खेल नियमित सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय युवा सिरोज श्रेष्ठले खेलमैदानको स्तरोन्नतिले गाउँमै खेलकुद प्रतियोगिता आयोजना गर्न तथा खेलमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit