काठमाडौं। नेपालको ठूलो टायल उत्पादन उद्योग, कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ देशव्यापी ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ सार्वजनिक गरेको छ ।
जेठ ११ गतेदेखि सुरु यस अभियानमा चर्चित बलिउड कलाकारहरू रणवीर सिंह र रश्मिका मन्दाना ब्रान्ड एम्बेसेडरका रूपमा रहेका छन् ।
अभियानले कजारियाका विश्वस्तरीय र स्टाइलिस टायल्सको प्रयोगबाट नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता दिने र पाहुनाहरूको ध्यान खिच्ने सन्देश दिएको छ । साथै, अन्तर्राष्ट्रिय स्तरको विलासिता नेपाली घरसम्म पुर्याउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ ।
कजारिया रमेश टायल्स विश्वकै ८औँ ठूलो टायल उत्पादक मध्येको एक हो । यसले ‘सुपरब्रान्ड २०२५’र हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ समेत प्राप्त गरिसकेको छ ।

















प्रतिक्रिया दिनुहोस्