काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर दुई हजार ७८०.२५ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो ।
यो दिन सर्वाधिक कारोबर गर्ने कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी रहेको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनी,रिडी पावर कम्पनी, नेपाल इन्स्योरेन्स र नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य १२ करोड ८२ लाख रुपैयाँदेखि ४४ करोड २३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
त्यस्तै, कालिञ्चोक हाइड्रो पावर, विजय लघुवित्त वित्तीय संस्था,सयपत्रि हाइड्रोपावर, नेपाल इन्स्योरेन्सको शेयर मूल्य ६.१७ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्मले बढेको छ ।यो दिन नेपाल रिइन्स्योरेन्स कम्पनी,सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स लिमिटेड,त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ३.३९ प्रतिशतदेखि ५.१८ प्रतिशतसम्मले घटेको छ।
















प्रतिक्रिया दिनुहोस्