Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

कोरला नाकाबाट भित्रिए २०९ ईभी सवारी, ३४ करोड बढी राजस्व संकलन

कोरला नाकाबाट भित्रिए २०९ ईभी सवारी, ३४ करोड बढी राजस्व संकलन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालनमा ल्याइएसँगै ३४ करोड बढी राजस्व संकलन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गते (शनिबार) सम्म २०९ वटा विद्युतीय गाडी निर्यात भएको छ । यस्तै, १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास पूरा हुँदा भन्सार विभागले सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

हाल कोरला नाकामा आँशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।

सरकारले रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि रसुवा र तातोपानी मार्गको विकल्पमा वैकल्पिक भन्सारमा कोरना नाकालाई सञ्चालनमा ल्याएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit