काठमाडौं। नेपालका लागि सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्पले देशभरका सुजुकी गाडी धनीहरूका लागि ‘सुजुकी समर सर्भिस क्याम्प’ को घोषणा गरेको छ।
यो विशेष सेवा अभियान आगामी जेठ २४ देखि २६ सम्म नेपालभर रहेका सुजुकीका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
वर्षा र चिप्लो सडकका कारण सवारी साधनको कार्यक्षमता र सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सीजी मोटोकर्पले यो क्याम्प ल्याएको जनाएको छ। ग्राहकहरूले मौसमको पर्वाह नगरी ढुक्क र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले आयोजना गरिएको यस तीन दिने क्याम्पमा व्यापक गाडी मर्मत–सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ।

यस क्याम्पमा गाडी सर्भिसिङ गराउने ग्राहकहरूका लागि कम्पनीले एक रोमाञ्चक बम्पर लकी ड्रको समेत व्यवस्था गरेको छ। क्याम्पमा सहभागी हुने सबै ग्राहकहरू स्वतः यस लकी ड्रमा सामेल हुनेछन्। लकी ड्रमार्फत छानिएका १० जना भाग्यशाली विजेताले काठमाडौं उपत्यका नजिकैको मनोरम पर्यटकीय स्थल नगरकोटस्थित प्रसिद्ध ‘भंगेरी दरबार रिसोर्ट’ मा डिलक्स स्टेकेसन (बस्ने र घुम्ने) प्याकेज जित्ने मौका पाउनेछन्।
सीजी मोटोकर्पले नेपालभरका सम्पूर्ण सुजुकी गाडी मालिकहरूलाई जुन ७ देखि ९ सम्म आफ्नो नजिकैको सुजुकी सर्भिस सेन्टरमा गई यो अवसरको फाइदा उठाउन आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्