Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य, खेलाडी र कर्मचारीले बीमा सुरक्षा पाउने

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य, खेलाडी र कर्मचारीले बीमा सुरक्षा पाउने
विज्ञापन
Advertisement

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा संस्थागत सहकार्य विस्तारका लागि एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

खेलकुद र खेलाडीहरूको मनोबल उच्च राख्ने तथा खेलाडी एवं कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई संस्थाबीच आपसी सहकार्य भएको हो।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसारनेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनाहरूमा समेटिने छ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ। उक्त सहयोग क्लबको खेलकुद गतिविधि सञ्चालन, खेलाडीहरूको व्यावसायिक विकास तथा संस्थागत सुदृढीकरणमा खर्च गरिने उल्लेख छ।

सम्झौता कार्यक्रममा बोल्दै आइजीआई प्रुडेन्सियलका सीईओ युगेशभक्त बादे श्रेष्ठले ऐतिहासिक र गौरवशाली नेपाल पुलिस क्लबसँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागि गर्वको विषय भएको बताए । खेलाडीहरूको मनोबल उच्च राख्दै देशको खेलकुद क्षेत्रको विकासमा योगदान दिन पाएकोमा खुसी व्यक्त गर्दै उनले यो सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।

त्यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले खेलकुद र खेलाडीहरूको उन्नतिमा देखाएको सद्भावप्रति इन्स्योरेन्स समूहलाई धन्यवाद दिए । वित्तीय सुरक्षा र आर्थिक सहयोगसहितको यस नवीन सहकार्यले पुलिस क्लबको दीर्घकालीन विकास यात्रामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit