काठमाडौं । अग्रणी फिनटेक कम्पनी आईएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिक बीच कर्पोरेट वेलनेस सम्झौता भएको छ।
यस सम्झौताअन्तर्गत आईएमई खल्तीका कर्मचारी र उनीहरूका परिवारले विशेष आँखा उपचार सेवा पाउनेछन्।
एक वर्षका लागि गरिएको यस सहकार्यअन्तर्गत कर्मचारीहरूले भिजन कन्सर्नको बौद्ध, लाजिम्पाट र माकलबारी शाखाहरूबाट निस्शुल्क विस्तृत आँखा परीक्षण, निस्शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्ट सुविधा पाउनेछन्।
यसका साथै, कर्मचारीहरूलाई निश्चित अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट र कन्ट्याक्ट लेन्स तथा चस्मामा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइने जनाइएको छ। क्लिनिकले कर्मचारीहरूका लागि डिजिटल आँखा थकान सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने उल्लेख छ।

















प्रतिक्रिया दिनुहोस्