images images images
images images images
images
images
images

सुजल डेरीको व्यापार २ अर्ब ३३ करोड

images

काठमाडौं ।  व्यवसायिक घरना लक्ष्मी समूहअन्र्तगतको सुजल डेरीको व्यापार झण्डै २५ प्रतिशतले बढेको छ । सन् २०२३ मा सुजल डेरीले १ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

एक वर्षमा सुजलको डेरी व्यापार ४६ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । सन् २०२३ मा डेरीले १ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।सन् २०२४ मा सुजल डेरीले २ अर्ब ३३ करोड १० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । एक वर्षमा सुजलको डेरी व्यापार ४६ करोड १० लाख रुपैयाँले बढेको हो । डेरीले दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनिर, होल मिल्क पाउडरलगायतका दुग्धजन्य पदार्थ बच्ने गर्दछ ।

images
images

गण्डकीको पोखरामा मुख्य कार्यालय रहेको सुजल डेरीको सञ्चालन नाफादर बढेर ५.६ प्रतिशत पुगेको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीको सन् २०२३ को नाफा मार्जिन ४.२ प्रतिशत रहेको थियो । गत वर्षको प्रोफिट मार्जिन पछिल्लो ३ वर्षकै बढी भएको तथ्यांकमा देखिएको छ । सुजलले सफल र सफल लभ बर्डस्को ब्रान्डमा उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

सुजल डेरी लक्ष्मी ग्रुपको लगानी छ । कम्पनीको मुख्य सेयरधनीहरु अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठको बराबर १८ प्रतिशत स्वामित्व छ । बाँकी १० प्रतिशत स्वामित्व सुजल फुड्सको नाममा रहेको छ । सुजल डेरीको २ तिहाइ आम्दानी दूध, पूर्ण दूध, दही र आइसक्रिमबाट हुने गरेको छ ।

कम्पनीले करिब ७० करोड रुपैयाँ कर्जा लिएको छ । जुन अघिल्लो वर्षको तुलनामा यो वर्ष ऋण घटाएको सुजलले जनाएको छ । सुजल डेरीले अल्पकालिन श्रणका लागि २४ करोड ९५ लाखको रेडिङ गराएको छ । त्यस्तै दिर्घकालीन ऋणका लागि ६२ करोड १२ लाख रुपैयाको रेटिङ गराएको छ । यसरी कुल ९० करोड ऋणका लागि रेटिङ गराएको सुजलले गत वर्ष ९३ करोडको रेटिङ गराएको उल्लेख छ।

सुजल डेरीले गराएको दीर्घकालीन ऋणका लागि इक्रा एलबी प्लस रेटिङ पाएको छ भने अल्पकालीन ऋणका लागि इक्रा ए ४ रेटिङ पाएको छ । ग्रुप नेपालमा कोरियाको हुन्डाइ गाडीको अधिकृत बिक्रेता समेत हो ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्