Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रामादा इटहरीको समर अफर : मनसुन प्याकेजदेखि म्याङ्गो फेस्टिभलसम्म

रामादा इटहरीको समर अफर : मनसुन प्याकेजदेखि म्याङ्गो फेस्टिभलसम्म
विज्ञापन
Advertisement

काठमाडौं । रामादा बाई विन्धाम इटहरीले गर्मी तथा वर्षायामलाई लक्षित गरी ग्राहकहरूका लागि तीन आकर्षक मौसमी प्याकेजहरू सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

१ जुनदेखि लागू भएका यी अफरहरूमा आरामदायी बसाइ, स्वादिला परिकार र मनोरञ्जनलाई विशेष जोड दिइएको कम्पनीले जनाएको छ।

होटलले सार्वजनिक गरेका तीन अफरमा मनसुन एस्केप प्याकेज अन्र्तगत वर्षायाममा आरामदायी बसाइ खोज्नेहरूका लागि ल्याइएको हो। डिलक्स रूममा बसाइ, वेलकम ड्रिङ्क, बुफे ब्रेकफास्ट, लञ्च वा डिनर, हाई–टी, र होटलका सेवाहरू (पूल, फिटनेस सेन्टर, साउना) मा पहुँच यसमा समावेश छ। यसको शुल्क एक जनाका लागि ६,६९९ र दुई जनाका लागि ८,६९९ रुपैयाँ तोकिएको छ।

समर म्याङ्गो फेस्टिभल अन्र्तगत आँपका विभिन्न सिर्जनात्मक परिकारहरू समेटिएको विशेष मेनु प्रस्तुत गरिने होटलले जनाएको छ। यसमा आँपका सलाद, डेजर्ट, मकटेल, स्मुदी र ककटेलहरू उपलब्ध हुनेछन्।

‘समर एस्केप’ पूलसाइड अनुभव गर्ने ग्राहक लक्षित दैनिक बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस अफरमा प्रति व्यक्ति १,७०० रुपैयाँ तोकिएको छ ।

गर्मीयाममलाई लक्षित गरी सार्वजनिक गरिएका उल्लेखित तीन मौसमी अफरहरूले ग्राहकको बसाइलाई आरमदायी सँगै मनोरञ्जनात्मक बनाउने होटलको विस्वास छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit