Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि काठमाडौँमा हुँदै, स्थानीय बस्तुको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि काठमाडौँमा हुँदै, स्थानीय बस्तुको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा
विज्ञापन
Advertisement

काठमाडौँ । आठौँ चेम्बर एक्स्पो आगामी माघ १७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना हुन लागेकाे हाे । ५ दिन सम्म चल्ने चेम्बर एक्स्पोमा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेकाे आयोजकले जनाएका छ ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकाे व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आयोजक चेम्बर अफ कमर्सले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय बस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्यले एक्स्पो सञ्चालन गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी चेम्बरले जनाएको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्र भूषण चाकुबजीले जानकारी दिए ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायतका देशहरूमा उत्पादित बस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् । यस्तै, एक्स्पोमा हस्तकलाका बस्तु, सवारी साधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, ज्वेलरी, कस्मेटिक बस्तु, निर्माण सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपालले उल्लेख गरेको छ ।

स्वदेशी र विदेशी गरी २ सय भन्दा बढी स्टलहरू राखिने एक्पोमा कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit