Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कूटनीति ढोल बजाएजस्तो हुँदैन, भ्रमणलाई अर्थराजनीतिमा बदल्ने कोसिस गर्यौं : रवि लामिछाने

कूटनीति ढोल बजाएजस्तो हुँदैन, भ्रमणलाई अर्थराजनीतिमा बदल्ने कोसिस गर्यौं : रवि लामिछाने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भ्रमणलाई अर्थराजनीतिमा बदल्ने प्रयास गरेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कूटनीतिक विषयहरू ढोल बजाएजस्तो सार्वजनिक प्रदर्शनको विषय नभएको स्पष्ट पारे।

विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै लामिछानेले त्यसलाई कूटनीतिक माध्यम (डिप्लोमेटिक च्यानल) एक्टिभ गराएर सहज ढंगले समाधानतर्फ लैजानुपर्ने बताए। ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तिनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’ रविले भने, ‘ढोल नबजाई आफ्नो देशका बारेमा गर्नुपर्ने कुराहरू निश्चित ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।’

उनले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न आग्रह गर्दै थपे, ‘लोकप्रियताका लागि हल्ला गर्न सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको आफ्नै चरण हुन्छ। नेपालले हिजो पनि सहि ठाउँमा कुरा राख्थ्यो, आज पनि राख्छ।’

भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत गएका लामिछानेले आफ्नो भ्रमण विगतका परम्परागत राजनीतिक भ्रमणहरू भन्दा फरक र पारदर्शी रहेको दाबी गरे।

विगतका धेरैजसो उच्चस्तरीय भ्रमणहरू ‘बन्द कोठा’ भित्र हुने र त्यहाँ के कुराकानी भयो भन्ने जनमानसमा स्पष्ट नहुने परिपाटीलाई आफूहरूले तोडेको उनको भनाइ थियो। भ्रमणका क्रममा मित्रराष्ट्रका प्रतिनिधिहरूसँग भएका हरेक बैठकमा नेपाली नियोगका कार्यवाहक राजदूतको अनिवार्य उपस्थिति रहेको उनले बताए । उनले भने,‘धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने के भयो कसो भयो नहुने । त्यस्तो परम्परा नभइकन। हामीले गरेको कुराकानीमा मित्रराष्ट्रका प्रतिनिधि पनि, मेरा सबै बैठकमा कार्यवहाक राजदुत नै उपस्थित हुनुहुन्थ्यो । पारदर्शी छलफल भएको छ । छलफलका विभिन्न चरणहरुमा हामी प्रवेश गरेका छौं । विशेषगरी राजनीतिलाई अलिकति अर्थराजनीतिमा परिणत गर्ने हामीले अवलम्बन गरेको हौं। विकासको नीतिलाई आधार मानेर हामीले छलफल गर्यौं ।’

परम्परागत राजनीतिक संवादलाई परिवर्तन गर्दै यसपटक विकास, लगानी, आर्थिक सहकार्य र साझा समृद्धिका एजेन्डाहरूमा केन्द्रित रहेर दुई देशबीच सकारात्मक संवाद भएको उनको भनाइ छ।

रास्वपा नेतृत्वको टोलीले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाह लगायतका उच्च नेतृत्वसँग भेटवार्ता गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit