Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा छुट सुविधा

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा छुट सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले अब पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित फिस्टेल लज तथा जगतपुर लजबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।

समझदारीअनुसार बैंकका ग्राहकले यी लजहरूमा खाद्य तथा पेय पदार्थ (एफ एन्ड बी) सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै आवासीय सेवामा कर्पोरेट शुल्क (कर्पोरेट रेट) को सुविधा पनि उपलब्ध हुने उल्लेख छ। यो सुविधा प्राप्त गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई आकर्षक सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले यस प्रकारका सहकार्यले ग्राहकलाई थप मूल्य अभिवृद्धि हुने र डिजिटल बैंकिङ सेवाप्रति आकर्षण बढ्ने विस्वास लिएको जनाए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit