Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

डिभाइन हेल्थकेयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

डिभाइन हेल्थकेयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ। डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरी विभिन्न प्रकारका मानव औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ।

हाल कम्पनीले ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीका अनुसार उसका केही प्रमुख औषधिहरू बजारमा उल्लेख्य मात्रामा बिक्री हुँदै आएका छन्। साथै, कम्पनीले माघदेखि क्यान्सरका बिरामीका लागि आवश्यक औषधिको उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ। करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ। कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट व्यवसाय सञ्चालन भइरहेको छ। कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ। आईपीओबाट प्राप्त हुने पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा उपयोग गर्ने कम्पनीको योजना छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit