Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट

रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा भाद्र २० गतेदेखि प्राथमिकताका आधारमा सेवा सञ्चालनमा ल्याइएको डिशहोमले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रमा सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। वनवेबको लो–अर्थ अर्बिट (एलईओ) स्याटेलाइट प्रविधिमा आधारित यो सेवाले क्षतिग्रस्त स्थलीय इन्टरनेट पूर्वाधारको वैकल्पिक कनेक्टिभिटीका रूपमा काम गर्ने कम्पनीको भनाइ छ।

डिशहोमले सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्णरूपमा पुनःस्थापना नभएसम्म आवश्यकता र प्राथमिकताका आधारमा थप स्थानमा स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit