Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
विज्ञापन
Advertisement

नेप्से परिसूचकमा गिरावट जारी, चार अर्ब चार करोडमा खुम्चियो कारोबार

नेप्से परिसूचकमा गिरावट जारी, चार अर्ब चार करोडमा खुम्चियो कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा झरेको छ।

कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिद्धार्थ बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिवेञ्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit