Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार गर्दै रास्वपा

महाधिवेशन प्रतिनिधिको अन्तिम सूची तयार गर्दै रास्वपा
विज्ञापन
Advertisement

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरेको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनका लागि मतदान गर्ने प्रतिनिधिको सूची अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठका अनुसार मधेश प्रदेश तथा निर्वाचन हुन नसकेका १३ जिल्लामा जिल्ला तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिनेछ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।

महाधिवेशनमा पालिका सभापति, पालिका अधिवेशनबाट चयन भएका प्रतिनिधि, केन्द्रीय समिति, केन्द्रीय संरचनाका पदाधिकारी, ३८ विभागका सदस्य, तीन आयोगका सदस्य, सल्लाहकार, सङ्घीय नेतृत्व मञ्च, प्रदेश समिति तथा जिल्ला समितिका प्रतिनिधि सहभागी हुनेछन्।

त्यस्तै, विभिन्न जिल्लाका काठमाडौं सम्पर्क विभागका प्रमुख, निर्वाचन क्षेत्रका संयोजक तथा उपसंयोजक पनि प्रतिनिधि रहनेछन्। विभिन्न २५ देशबाट तीनदेखि ११ जनासम्म प्रतिनिधि सहभागी हुने तयारी गरिएको छ। पार्टी विधानअनुसार केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत थप २०० महाधिवेशन प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था पनि रहेको सचिव श्रेष्ठले बताए। प्रतिनिधिको यकिन संख्या साँझसम्म टुंगो लाग्ने जनाइएको छ।

महाधिवेशनमा पर्यवेक्षकको सूची पनि तयार भइरहेको छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल, विशिष्ट व्यक्तित्व, विदेशी राजनीतिक दल तथा अन्य निकायलाई निमन्त्रणा पठाउने काम जारी रहेको पार्टीले जनाएको छ।

महाधिवेशनको उद्घाटन असार ७ गते भरतपुरको गेस्टहाउस मैदानमा हुनेछ भने असार ८ र ९ गते उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा एक सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन उपसभापति, दुई महामन्त्री र चार सहमहामन्त्री चयन गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit