Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सिन्धुली हिरासतमा मृत्यु भएका विश्वकर्मा घटनामा गृहमन्त्रीले प्रहरीको बचाउ गर्दै भने– ‘कुटपिट भएको तथ्य भेटिएको छैन’

सिन्धुली हिरासतमा मृत्यु भएका विश्वकर्मा घटनामा गृहमन्त्रीले प्रहरीको बचाउ गर्दै भने–  ‘कुटपिट भएको तथ्य भेटिएको छैन’
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मामाथि प्रहरीले कुटपिट गरेको प्रमाण छानबिनबाट नदेखिएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन प्राप्त भइसकेको र त्यसमा हिरासतमा रहँदा विश्वकर्मालाई प्रहरीले कुनै शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको उल्लेख गरिएको जानकारी दिएका हुन।

उनले प्रतिवेदनका आधारमा प्रहरीको कुटपिट पुष्टि नभएको दोहोर्याउँदै घटनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ तथ्य वा प्रमाण प्राप्त भएमा त्यसबारे थप जानकारी गराइने प्रतिबद्धता जनाएकाछन्। साथै, नेपाल प्रहरीभित्र दलित समुदायसँग सम्बन्धित गुनासो सम्बोधन गर्न दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले बताए।

बैठकमा सांसद सुनारले जातीय विभेदका घटना अझै भइरहेका, अन्तरजातीय विवाहकै कारण हत्या र कुटपिट हुने घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। उनले सिन्धुली हिरासत मृत्यु प्रकरणमा पनि प्रश्न उठाउँदै, टेबल–कुर्सीसमेत नभएको हिरासतमा सात फिटभन्दा माथि पुगेर आत्महत्या कसरी सम्भव भयो भन्ने जिज्ञासा राखे।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पनि वाचन गरेर सुनाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit