images images images
images images images
images
images
images

सांसद चौधरीको पहलपछि दुई वर्षदेखि रोकिएको हुलाकी सडकको काम सुरु

images

नवलपरासी । तराई मधेशको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी राजमार्गको दुई वर्षदेखि ठप्प निर्माण कार्य सुचारु भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । २०७६ मंसिरमा करिब ५८ करोड ९६ लाख रुपैयाँमा ठेक्का लागेको भए पनि निर्माण काम ठप्प थियो ।

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले हुलाकी सडकको कामलाई सुचारु गराउन पहल गरेसँगै दुई वर्षपछि उक्त सडक खण्डको काम सुरु भएको हो । ठेक्का पाएको कम्पनीले काममा गरेको ढिलासुस्तीबारे सांसद चौधरीले दबाब दिँदै आएका थिए । तर, निर्माण पक्षले भुक्तानीको समस्या देखाएर काम रोकेको थियो ।
समस्या समाधान गर्न सरकारसँग सांसद चौधरीले पहल गर्दै आएका थिए । उनकै पहलमा ठेकेदारले काम थालनी गरेसँगै अब ८ महिनामा सो खण्डको काम पूरा गर्ने ठेकेदारको प्रतिबद्धता छ ।

images
images

सांसद चौधरीले भने, ‘नयाँ ठेकेदार रामु अधिकारीजीले जे समस्या देखाउनुभएको छ, त्यसको निकास निकाल्न हामी सफल भएका छौं । उहाँले ८ महिनामा काम सक्ने प्रतिवद्धता जनाउनुभएको छ । यो ठूलो उपलब्धी हो ।’

निर्माण व्यवसायी अधिकारीले सांसद चौधरीको पहलपछि हुलाकी सडकको काम सुचारु भएको बताए । उनले भने, ‘माननीयज्यूकै निरन्तरको पहलपछि हामीले काम सुरु गरेका छौं । मुख्य समस्या भुक्तानीको हो। यसमा माननीयज्यूले व्यक्तिगत रुपमै केहि पहल गर्नुभएको छ । उहाँले मन्त्रीदेखि सरोकारवाला सबै पक्षसँग समन्वय र सहजीकरण गरेर हुलाकी सडकखण्डको काम अगाडि बढेको हो ।’

ठेकेदार अधिकारीका अनुसार नारायण चोकदेखि बेलाटारीसम्मको करिब ६ किलोमिटर सडक निर्माणलाई सुरुमा प्राथमिकतामा राखिएको छ । ‘तत्काल तीन चार किलोमिटर सडकमा कालोपत्रे गर्छौं । केहि ठाउँमा रोलिङ गरेर बाटो सम्याउने काम हुन्छ’ उनले भने, ‘सडक नबन्दा पीडित स्थानीय हुनुहुन्छ, उहाँहरु पनि यो बाटो बनाउन आवश्यक सहयोग गर्छौं भनिरहनुभएको छ, गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि सहयोग छ ।’

उनले सप्लायर्सलाई दिनुपर्ने भुक्तानी स्थानीय तहका जनप्रतिनिधि वा जिल्ला प्रशासन कार्यालयमा बसेर दिन आफू तयार रहेको बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्