काठमाडौं । एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई बस तथा हवाई टिकट बुकिङ र साहसिक गतिविधिमा विशेष छुट उपलब्ध गराउने भएको छ।
अब ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने ग्राहकले एनसेल एपमार्फत बस टिकटमा १११ रुपैयाँ, पहिलो आन्तरिक हवाई यात्रामा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँसम्म छुट पाउनेछन्। साथै विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ।
ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सनमार्फत यी सुविधाको लाभ लिन सक्नेछन्। एनसेलका अनुसार यो सहकार्यले ग्राहकलाई यात्रा तथा लाइफस्टाइलसँग सम्बन्धित थप डिजिटल सुविधा र बचतको अवसर प्रदान गर्नेछ।
साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कम्पनी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरुलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध रहेको बताए । उनले भने,‘ ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ।’















प्रतिक्रिया दिनुहोस्