Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार तोलामा साढे १० हजार रूपैयाँ घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ८७ हजार तीन सय रूपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मोल पनि प्रतितोला ५० रूपैयाँ बढेको। महासंघका अनुसार आइतबार चाँदी तोलामा चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार एक तोला चाँदी चार हजार ६ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit