Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री
विज्ञापन
Advertisement

तनहुँ । गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भानु नगरपालिका–८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका–१० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो ।

जिल्ला कृषि विकास कार्यालयले उक्त दुई वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा बीउबिजन, कृषि सामग्री वितरणसहित सिँचाइका लागि कुलो निर्माण गरेको छ। कार्यक्रमअन्तर्गत सहकारीलाई ‘स्प्रेयर’, त्रिपाल, धान बीउलगायत सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले शनिबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख अधिकारीले भने, ‘अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि भएको पाइएको छ, अझ धेरै उत्पादन गर्न किसानहरू लाग्नुहुनेमा म विश्वस्त छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit