Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

अर्थमन्त्री हेटौँडा जाने भएपछि कार्यक्रमस्थलमा सुरक्षा सतर्कता बढाइयो

अर्थमन्त्री हेटौँडा जाने भएपछि कार्यक्रमस्थलमा सुरक्षा सतर्कता बढाइयो
विज्ञापन
Advertisement

हेटौँडा । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन् ।

अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन् । कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।

नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी,उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता रहने बताइएको छ ।

अर्थमन्त्री वाग्लेको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई हेटौँडाको आर्थिक तथा बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit