Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
सांकेतिक तस्बिर
विज्ञापन
Advertisement

दोधारा चाँदनी (कञ्चनपुर) । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि (मङ्गलबार) देखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit