Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

कर्णाली नदीमा बेपत्ता फोर्स गाडी खोज्न दोस्रो दिन पनि गोताखोर परिचालन

कर्णाली नदीमा बेपत्ता फोर्स गाडी खोज्न दोस्रो दिन पनि गोताखोर परिचालन
विज्ञापन
Advertisement

कर्णाली । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजीका लागि दोस्रो दिन पनि गोताखोर परिचालन गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोरले शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजी अभियान सुरु गरेका हुन्। बिहीबार करिब पाँच घण्टासम्म खोजी गर्दा गाडी र बेपत्ता यात्रु फेला नपरेपछि आज पुनः खोजी थालिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव अत्यन्त तीव्र भएकाले खोजीमा कठिनाइ भइरहेको छ। पानी धमिलो हुनु र घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले अछामतर्फबाट खोजी अभियान सञ्चालन गरिएको उनले बताए।

दुर्घटनास्थल नजिकै अचेत अवस्थामा भिरमा अड्किएका एक पुरुषको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी छ।

खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन्।

बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट छुट्दा तीन जना, दैलेखको डुङ्गेश्वरबाट दुई जना चढेका थिए। चालक र सहचालकसहित हालसम्म गाडीमा सात जना सवार रहेको आधिकारिक विवरण प्राप्त भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit