Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

पेट्रोलियम पदार्थको बिक्रि पहिलेकै अबस्थामा फर्कियो,१४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

पेट्रोलियम पदार्थको बिक्रि पहिलेकै अबस्थामा फर्कियो,१४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो
विज्ञापन
Advertisement

काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिनुभएको थियो। मन्त्रीको निर्देशनलगत्तै निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पम्पहरूमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा पम्पले तेल नभएको भन्दै वितरणनै ठप्प पारेको थियो ,ति १४ वटा पम्पमा निगमले तत्कालका लागि तालाबन्दी गरेको थियो।

पम्प सञ्चालकहरूले आफ्नो पम्पमा तेलनै नभएको जानकारी गराएपछि निगमले पनि जाच गरेको र तेल नभेटिएको पाइएपछि पुनः इन्धन उपलब्ध गराएसँगै बन्द गरिएका सबै पम्पहरूमा लगाइएको ताला खोलिएको हो। नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन र सबै पेट्रोल पम्पहरूबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit