Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन

राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय समावेश नभएको भन्दै माग गरिएका विवरण स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन तथा उपसमितिहरूको हालसम्मको काम कारबाहीबारे छलफल गरिएको थियो । बैठकमा समिति सभापति कृष्णहरि बुढाथोकीले राष्ट्र बैंकले समितिको अघिल्लो निर्देशनअनुसार आवश्यक विषय समेटेर प्रतिवेदन पेश नगरेको बताए । उनले असार ५ गतेको समितिको निर्देशनबमोजिम माग गरिएका विषय स्पष्ट रूपमा समावेश गरी सान्दर्भिक तथ्यांकसहित पाँच दिनभित्र पुनः प्रतिवेदन उपलब्ध गराउन राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, ‘राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनसँग सम्बन्धित रहेर २०८३ असार ५ गतेको बैठकमा निर्णायार्थ गरिएको कार्यसूची, कार्यसूचीमा रहेका विषय तथा छलफलका क्रममा माननीय सदस्यहरूले उठाउनुभएका विषयहरू समेटी सान्दर्भिक तथ्यांकसहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको थियो । तर, नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषयहरू उल्लेख भएको नपाइएकोले यसप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धमा समितिले २०८३ असार ५ गते दिएको निर्देशनबमोजिम माग गरिएका विषयहरू स्पष्ट रूपमा खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ। त्यसका लागि पाँच दिनको समय दिइएको छ ।’

सभापति बुढाथोकीले आगामी मौद्रिक नीति निर्माणका क्रममा विगतका मौद्रिक नीतिको प्रभावकारिता, आर्थिक अवस्था तथा अन्तर्राष्ट्रिय सन्दर्भको समेत अध्ययन र समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समितिले आफ्ना धारणा राख्ने वातावरण बन्नुपर्ने र आवश्यक परे विज्ञहरूको सुझाव पनि लिनुपर्ने बताए ।

उनले भने, ‘विगतका मौद्रिक नीतिको समीक्षा, त्यसको प्रभावकारिता, आर्थिक तथा अन्तर्राष्ट्रिय सन्दर्भको अध्ययन गर्दै आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा समितिले पनि आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्छ। आवश्यक परे विज्ञहरूको सुझाव पनि लिनेछौँ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit